०२ असार २०८३, मंगलबार
लुम्बिनी प्रदेशमा राजनीतिक किचलो

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव

बैशाख २६, २०७८
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव आएको छ ।

कांग्रेस, माओवादी, जसपा र राजमोका गरी ४१ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

अविश्‍वासको प्रस्तावमा माओवादी केन्द्रका कुलप्रसाद केसी सोनामलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ ।

यसअघि दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर एकल बहुमतको सरकारको मुख्यमन्त्रीका रूपमा पुन: शपथ लिएका थिए ।

मुख्यमन्त्री पोखरेलले शपथ लिनुअगावै एक सांसद माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् भने अर्का एक सांसदले राजीनामा दिएका थिए ।

राजीनामा दिने सांसदको संख्या अर्को एक पनि थपिएको छ ।

मुख्यमन्त्री स्पष्ट अल्पमतमा रहेको जिकिरसहित अविश्वासको प्रस्ताव ल्याइएको हो ।

हेर्नुहोस्, प्रस्ताव :

salt training

कमेन्ट गर्नुहोस्