२९ जेठ २०८३, शुक्रबार

नेपाल समूहको बैठकपछि निर्णय सुनाउँदै योगेशः केके भने ?

बैशाख २६, २०७८
नेपाल समूहको बैठकपछि निर्णय सुनाउँदै योगेशः केके भने ?

नेकपा एमालेको नेपाल खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिएर आउन सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । 

सर्वोच्च अदालतको आदेशले दुईवटा पाटीको एकतालाई भंग गरेपछि पार्टीलाई पुर्ववत रुपमा नै सञ्चालन गर्नुपर्ने अडान लिदै आएको नेपाल खनाल समूहले सोही अडानमा अडिग रहदै त्यसमा अध्यक्षको प्रतिवद्धता खोजेको हो । खनाल नेपाल समूहका सांसदहरुको आईतबार सिंहदरबारमा बसेको बैठकले अध्यक्ष ओलीलाई २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिवद्धताका लागि भोलि सोमबार बिहान ९ बजे सम्मको समय दिएको हो । नेता योगेश भट्टराईले ९ बजेसम्म प्रधानमन्त्री एवं पार्टी अध्यक्षको आफुहरुको मागका सम्बन्धमा प्रतिवद्धता नआए त्यसपछि कठोर निर्णय गर्ने चेतावनी दिए ।

उनले भने,  “हाम्रो पार्टी नेकपा एमाले अहिले अत्यन्तै कठिन समयमा छ । पार्टी एकताको रक्षा गर्ने र सामुन्ने आएका ऐतिहासिक जिम्मेवारी पुरा गर्ने सन्र्दभमा हामी अन्तिम बेलासम्म पनि पार्टी एकतालाई जोगाउने कुरामा कोशिष गरिरहेका छौ । आजको बैठक पनि त्यही श्रृंखलाको एउटा कडि हो । भोली प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत को प्रस्ताव लाँदै हुनुहुन्छ । त्यस सन्र्दभमा के गर्ने भन्ने नै बारेमा नै आज हामीले छलफल गरेका छौ ।

आजको बैठकले पार्टी एकतालाई जोगाउन, त्यसको रक्षा गर्न र पार्टीलाई सहमतिमा पुर्याउने मुख्य दायित्व अध्यक्षको हो भन्ने कुरामा हामी एकमतमा पुगेका छौ । पार्टी अध्यक्षले त्यो दायित्व र जिम्मेवारीलाई गम्भीरताकासाथ पुरा गर्नुभएको छैन भन्ने हाम्रो निष्कर्ष छ । आज मात्रै उहाँले एउटा वक्तव्य दिनुभएको छ र पार्टीको एउटा पक्षलाई लाञ्छित गर्ने खालको शब्द वक्तव्यमा समावेश गर्नुभएको छ । त्यसप्रति हामीले चिन्ता व्यक्त गरेका छौ र पार्टी अध्यक्षलाई फेरी पनि एकताको पक्षमा गम्भीरताका साथ आगाडि बढ्न ध्यानाकर्षण गरेका छौ ।

फागुन २३ गते सर्वोच्च अदालतको फैसला अनुसार, दुई वटा पार्टीको एकता भंग भइसकेपछि नेकपा एमाले स्वतः २०७५ जेठ २ गतेको अवस्थामा पुगेको छ । हामीले उठाएको एउटै कुरा हो कि अब पार्टीको जीवन, संगठन, पार्टीको नेतृत्व विचार सबै एकतापूर्वको अवस्थाबाट अगाडि बढ्नु पर्छ भन्ने हाम्रो पहिलो प्रस्ताव हो । त्यो प्रस्तावमा हामी अहिले पनि दृढताका साथ उभिएका छौ । हामीले आजको बैठकबाट पनि पार्टी अध्यक्षलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्केर संगठनको जीवनलाई, पार्टीको जीवनलाई सुचारु गर्नका निम्ति ध्यानाकर्षण गरेका छौ । र पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्नका निम्ति ध्यानाकर्षण गरेका छौ । त्यसको निम्ति उहाँलाई भोली बैशाख २७ गते बिहान ९ बजे सम्मको समय दिएका छौ ।”
प्रधानमन्त्रीको तर्फबाट पार्टी संगठनलाई पुर्ववत अवस्थाबाट संञ्चाल गर्र्ने प्रतिवद्धता नआए नेपाल पक्षका सांसदहरुले सांसद पदबाट नै राजीनामा गर्ने तयारी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्