२२ असार २०८३, सोमबार

दिल्लीमा २४ घण्टामा १३ हजार सङ्क्रमित, सङ्क्रमण दरमा सामान्य कमी

बैशाख २६, २०७८
दिल्लीमा २४ घण्टामा १३ हजार सङ्क्रमित, सङ्क्रमण दरमा सामान्य कमी

भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा तीन हप्तादेखि जारीे लकडाउनपछि सङ्क्रमण दरमा सामान्य कमी आउन थालेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार दिल्लीमा लकडाउन हुनुपहिले सङ्क्रमण दर ३५ प्रतिशत रहेकोमा यसमा निकै कमी आएको बताउनुभएको छ । यद्यपि केन्द्रीय सरकारको अप्रिल १७ पहिलेको तथ्याङ्कमा दिल्लीमा कोभिड–१९ सङ्क्रमण दर २४.५६ रहेको देखिन्छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा आइतबार दिइएको तथ्याङ्कमा कोभिड–१९ सङ्क्रमण दर २१.६७ प्रतिशत रहेको उल्लेख छ ।

कोभिड–१९ महामारीका कारण मृत्यु सङ्ख्या बढ्ेपछि लकडाउन गरिएको लकडाउन भएको पाँच दिनपछि नै मृतक सङ्क्रमितको सङ्ख्या ३०० भन्दा कम रहेको त्थ्याङ्कमा उल्लेख छ । दिल्लीमा विगत २४ घण्टामा मृतक सङ्क्रमितको सङ्ख्या २७३ रहेको छ भने सङ्क्रमितको मृत्यु दर १.४६ रहेको बताइएको छ ।

दिल्लीमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या १३ लाख २३ हजार ५६७ पुगेको छ भने १९ हजार ३४४ सङ्क्रमितको मृत्यु भएको छ । दिल्लीमा आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ८६ हजार २३२ रहेको पनि सरकारी तथ्याङ्कले देखाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्