२१ असार २०८३, आइतबार

स्रोत नखुलेको अवैध भारतीय रुपैयाँ १७ लाखसहित १ जना पक्राउ

बैशाख २७, २०७८
स्रोत नखुलेको अवैध भारतीय रुपैयाँ १७ लाखसहित १ जना पक्राउ

प्रहरीले बर्दियाको राजापुरमा स्रोत नखुलेको अवैध भारतीय रुपैयाँ १७ लाखसहित १ जनालाई पक्राउ गरेको छ ।

बर्दियाको ईलाका प्रहरी कार्यालय राजापुरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका–४ सत्तीघाटमा चेकजाँच गर्ने क्रममा कैलालीबाट राजापुरतर्फ आउँदै गरेका  कैलालीको टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीले ल्याएको सु.प.प्र. ०१००८ प ८१४५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा गोपाल चौधरीले पछाडि बोकेको कालो रंगको छालाको जस्तो देखिने झोला खोलेर हेर्दा प्लास्टिकको २ वटा पोकामा स्रोत नखुलेको भारतीय रुपैया १७ लाख ५० हजार फेला पारेको प्रहरीले जनाएको छ ।

चौधरीले प्रयोग गरेको मोटरसाइकल, ल्यापटप, मोबाइल र सीमकार्ड २ वटासहित पक्राउ गरी कानून बमोजिमको बरामदी कार्य पूरा गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्