
सुदूरपश्चिम प्रदेशका निजी अस्पतालको छाता संगठन निजी अस्पताल संघ नेपाल (अफिन) सुदूरपश्चिम प्रदेशले कोरोना भाइरस (कोभिड–१९) संक्रमित नयाँ बिरामीलाई भर्ना नलिने घोषणा गरेको छ ।
निजी अस्पतालमा अक्सिजनको अभाव भएकाले नयाँ भर्ना लिन नसकिने अफिनका प्रदेश अध्यक्ष जनकराज जोशीले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।
अक्सिजनको आपूर्ति सहज बनाउन अफिनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशको सामाजिक विकास मन्त्रालय लगायतलाई अनुरोध गरेको छ ।
