२६ असार २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय

बैशाख २८, २०७८
अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय

सरकारले अन्तर्राष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरसको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि सरकारलेवैशाख २३ गतेदेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्मका लागि लम्ब्याएको हो । 

नेपाल नागरिक उड्ययन प्राधिकरणले नेपाल–भारतबीचको दुई उडानबाहेक सबै अन्तर्राष्ट्रिय उडान आगामी जेठ १७ गतेसम्म बन्द हुने एक सूचनामार्फत जनाएको छ । 

 नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप यी देशमा भने  सातामा दुई उडान हुने प्राधिकरणको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्