२१ असार २०८३, आइतबार

स्वास्थ्य सामग्रीका लागि हवाई ढुवानीको प्रबन्ध गर्न कांग्रेसको माग

बैशाख २९, २०७८
स्वास्थ्य सामग्रीका लागि हवाई ढुवानीको प्रबन्ध गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्री तथा उपकरण आयातका लागि हवाई ढुवानी प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कम्पनीले खरीद गरेका स्वास्थ्य सामग्री तथा उपकरण हवाइजहाजका अभावका कारण नेपाल ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेको जनाउँदै कांग्रेसले सो माग गरेको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज वक्तव्य जारी गरी अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणको हवाई ढुवानीको प्रबन्ध गरी  सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

उनले कोभिड–१९ महामारीको कारणले दिनानुदिन संक्रमित र मृत्यु हुने वृद्धि हुँदै गइरहेका परिस्थितिमा जनतालाई स्वास्थ्य सामग्री अभाव हुन नदिई कोभिड–१९ संक्रमित र अन्य बिरामीको उपचार गर्नुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्