×

NMB BANK
NIC ASIA

तत्कालका लागि एमाले विभाजनबाट जोगियो, विवाद मिलाउन कार्यदल बनाइयो

बैशाख ३०, २०७८

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (एमाले) तत्कालका लागि विभाजनबाट जोगिएको छ । पार्टीभित्रको विवाद उग्र बन्दै माधव नेपाल पक्षका सांसदहरुले राजीनामा समेत दिने तयारी गर्दै गर्दा बिहीबार भएको वार्ता सकारात्मक बनेको  हो । 
राजधानीको चपली हाइटमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको वार्ता सकारात्मक बन्दै पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने सहमति भएको छ । 

Muktinath Bank

 प्रधानमन्त्री ओलीसँगको भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै नेता नेपालले तत्कालका लागि राजीनामा दिन विषय टरेको र पार्टी भित्र देखिएको विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको जानकारी दिए । उनले आफूले बैशाख २६ गते अध्यक्ष ओलीलाई पठाएको ६ बुँदे प्रस्तावमा छलफल भएको र सर्वोच्च अदालतको फैसला बमोजिम २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुराई नयाँ ढंगले अघि बढाउने बारे छलफल भएको जानकारी दिए । उनले छलफल मिल्ने दिशामा अघि बढेको पनि बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, “हामी दुई जनाको बीचमा भेटघाट, कुराकानी भए । पार्टी भित्रको समस्याको बारेमा हामीले आफ्नो आफ्नो सोचाई राख्यौ । बैशाख २६ गते अध्यक्ष केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे  विषय मैले अघि सारेको थिएँ प्रस्ताव । त्यसमा छलफल गरियो । छलफल गरिसकेपछि फागुन २८ गते र त्यसपश्चात भएका निर्णयहरु फिर्ता गर्ने र सर्वोच्च अदालतको फैसला बमोजिम जेठ २ गतेको अवस्थामा पुराउने र पार्टीलाई नयाँ ढंगले अघि बढाउनका लागि हामीले कुन तरिका अबलम्बन गर्ने भन्ने बारेमा छलफल जारी राख्ने कुरा भएको छ । राजीनामा दुई चार दिनलाई टर्यो । कार्यदल बन्छ । मिल्ने दिशामा अगाडि बढ्न खोजिएको छ ।”


Advertisment
Nabil box
Kumari

बिहिबार बिहान बसेको नेकपा एमाले स्थायी समिति बैठकले राष्टिय राजनीतिमा र पार्टीभित्र महत्व राख्ने सम्पूर्ण विषयको निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । साथै अन्तरपार्टी एकता र सुदृढीकरणका लागि आवश्यक निर्णय गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई नै दिएको थियो । सोही बैठकले नेता नेपाल सहित ४ जना नेतामाथि लगाएको निलम्बन पनि फुकुवा गरेको थियो ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x