१६ असार २०८३, मंगलबार

मंगलग्रहमा अन्तरिक्षयान उतार्ने तयारी गर्दै चीन

बैशाख ३१, २०७८
मंगलग्रहमा अन्तरिक्षयान उतार्ने तयारी गर्दै चीन

चीनले मंगलग्रहमा अन्तरिक्षयान थ्याँवन–१ उतार्ने तयारी पूरा गरेको छ । 

उक्त प्रोबलाई मंगलग्रहको समथर क्षेत्र युटोपिया प्लानिटियाको दक्षिणी भागमा कतै अवतरण गराउने योजना छ । 
 

मंगलग्रहमा एउटै मिसनअन्तर्गत परिक्रमा गर्ने, अवतरण गर्ने र विचरण गर्ने लक्ष्य हासिल गर्नका लागि थ्याँवन–१ प्रोब फेब्रुअरी महिनामा उक्त ग्रहको पार्किङ अर्बिटमा पुगेको थियो । अब त्यो मे महिना वा जुनमा मंगलको सतहमा अवतरण गर्ने लक्ष्य छ । 

चीनका अन्तरिक्ष अवलोकनकर्ताहरूले थ्याँवन–१ को अवतरणका विषयमा उच्च आत्मविश्वास व्यक्त गरेका छन् । चीनको छाङ ई चन्द्रमा अन्वेषण मिसनको सफल अनुभवबाट उनीहरूले हौसला पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्