×

NMB BANK
NIC ASIA

स्वस्थ जीवनशैली

कोभिड महामारीले सिकाएको शिक्षा : यस्तो हुनुपर्छ स्वस्थ दिनचर्या

जेठ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ संक्रमणबारे धेरै कुरा सामाजिक सञ्जाल र पत्रपत्रिकामा आएका छन्, आइरहेका छन् । मानिस दिनप्रतिदिन शिथिल बन्दै गइरहेको अवस्था छ भने कोरोनाबारे पनि दिनप्रतिदिन नयाँ–नयाँ कुराहरू आइरहेका छन् ।

Muktinath Bank

भर्खरै भारतमा कोभिड बिरामीमा छाती र आखाँमा फङ्गस संक्रमणको कुरा आइरहेको छ । शारीरिक र मानसिक रूपमा विक्षिप्त बन्दै समाज दिनानुदिन अस्तव्यस्त भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तोमा हामीले अझै पनि आफ्नो दिनचर्यामा सुधार ल्याएनौं वा हेल्चक्र्याइँ गर्‍यौं भने महामारीको चपेटाबाट मुक्त हुनसक्ने छैनौं वा महामारीको अन्त्यपछि पनि हामीमा त्यसले निम्त्याउने असरहरू रहिरहने हुनसक्छ तर स्वस्थ दिनचर्याको पालनाले त्यसबाट मुक्त रहन अवश्य पनि सघाउ पुग्छ ।


Advertisment
Nabil box
Kumari

कोभिड संक्रमण भएर निको भइसकेका व्यक्तिमा लामो समयसम्म समस्याहरू देखिएको पाइएको छ । ती समस्यालाई हामीले कसरी समाधान गर्न सक्छौं ? यसबारे केही कुरा गरौं । यद्यपि यी कुराको पालना हरेक स्वस्थ व्यक्तिले गर्दा कुनै प्रकारको नोक्सानी हुँदैन, फाइदा नै पुग्छ ।

Vianet communication
Laxmi Bank

१. ब्रह्ममूहूर्तमा उठ्नेः

मानिस ब्रह्ममूहूर्तमा उठ्ने गर्नुपर्छ । ब्रह्ममूहूर्त भन्नाले बिहानको सूर्योदय हुनुभन्दा पहिलेको समय हो । त्यसपछि मलत्याग गर्ने इच्छा भएपछि मलमूत्र त्याग गर्नुपर्छ । बिहानको समयलाई ‘गोल्डेन’ समय भन्ने गरिन्छ । आफ्नो स्वास्थ्यको लागि दिने उपयुक्त समय भनेको बिहानमै हो ।

ब्रह्ममूहूर्तमा के गर्ने ?

मुख धुने, दाँत माझ्ने
फाइदा – मुखशुद्वि, मुख–जिब्रो–दाँत रोगनाश गर्ने, खानामा रुचि हुने हुन्छ ।

मुखमा मनतातो पानी भरेर आँखा छ्याप्ने गर्नुपर्छ, यसो गर्दा आँखाको देख्ने शक्ति वृद्धि हुन्छ ।

कोभिडको बिरामीले आँखामा संक्रमण हुन नदिन त्रिफला पानीले आँखा छ्याप्ने र गाईको घ्यू २–२ थोपा आँखामा राख्ने गर्नुपर्छ । स्वस्थ व्यक्तिले पनि हप्तामा एकपटक यसो गर्नुपर्छ ।

२. योगा प्राणायामः

श्वासको मूल्य कति हुँदोरहेछ भन्ने कुरा यो महामारीले हामीलाई सिकाइरहेको छ । दैनिक कम्तिमा १५ मिनेट योगा र प्राणायाम गर्ने गरौं ।

योगामा ‘सूर्य नमस्कार’ अत्यन्त सजिलो, छिटो र सम्पूर्ण शरीरको लागि एक पूर्ण व्यायाम हो । त्यसको लागि यूट्युबमा सूर्य नमस्कार टाइप गरेर सिक्न सक्नुहुन्छ ।

श्वासप्रश्वासको व्यायाम अर्थात् प्राणायाम र अनुलोमबिलोम नियमित गर्नुपर्छ । जसको फाइदा तपाईंले अनुमान गरेभन्दा धेरै हुन्छन् ।

३. अभ्यङ्ग र स्नानः

दैनिक बिहानमा तोरी वा तिलको तेलले शरीर मालिस गर्ने गर्नुपर्छ र मनतातो पानीले नुहाउनुपर्छ ।

फाइदा – निद्राकर (मीठो निद्रा लगाउने), शरीर बलियो हुने, पाचन प्रक्रिया मजबुत हुने, बल बढ्ने, कमजोरी नहुने जस्ता फाइदा हुन्छ ।

कोभिडमा ज्वरोमुक्त भएको केही दिनपछि ८–१० दिनसम्म तेलले मज्जासँग मालिस गरेर तातोपानीले नुहाउने गर्नुपर्छ । यसो गर्दा पाचनप्रक्रिया मजबुत हुन्छ, बल प्राप्त हुन्छ ,कमजोरी छिटो हट्छ ।

४. नस्यः

नस्य भनेको नाकबाट औषधियुक्त द्रव्य (तेल, घ्यू, क्वाथ, औषधिको चूर्ण) नाकमा हाल्ने एउटा विधि हो । नस्य धेरै रोगमा प्रयोग गरिन्छ । हाम्रो नाकलाई शिरको द्वार भनिन्छ, अष्टाङ्ग संग्रहमा ‘नासादि शिरसो द्वारम्’ भनि उल्लेख गरिएको छ ।

कसरी गर्ने ?

अणुतेल, षड्विन्दु तेल (जुन बजारमा पाइन्छ) वा शुद्व तिलको तेल (पूजा पसलमा दियो बाल्न पाइने खालको होइन) लिने ।

पहिला ५–१० मिनेट मुख, नाक, चिउडो मनतातो तेलले मालिस गर्ने र तातोपानीको बाफ लिने । त्यसपछि उत्तानो परेर सुत्ने र दुवै नाकमा २–२ थोपा तेल राख्ने र बिस्तारै उठ्ने । नस्य बिहानमा योगा प्राणायामपछि गर्न सकिन्छ  ।

फाइदा – यसो गर्नाले घाटीभन्दा माथिका अंगमा रोग लाग्ने सम्भावना हुँदैन । स्वर मिठो हुन्छ ।

कोभिड संक्रमणपछि नाकको गन्ध थाहा नपाउने र स्वाद थाहा नपाउने बिरामीको लागि यो अतिउत्तम उपचार विधि हो ।

कसले नगर्ने ?

अजीर्ण (खाना नपच्ने) को रोगी, मुर्छा पर्ने, कब्जियत रोगी, वृद्धवृद्धा, गर्भिणी, सुत्केरी, बच्चा र खोकीको बिरामीले गर्नु हुँदैन ।

५. गण्डूष एवं कबलः

शुद्व तोरी/तिलको तेल वा मनतातो पानीले मुख कुल्ला गर्ने वा एकैछिन मुखमा राख्ने ।

फाइदा – तेलले गर्दा ओठ फुट्ने, मुख सुक्खा हुने, दाँतको रोग, स्वर बस्ने जस्ता समस्या आउँदैनन् । तातोपानीले गर्दा मुख हल्का हुन्छ ।

कोभिडको बिरामीले मुखको स्वाद नआउनेमा त्रिफला चुर्णको पानी/शुद्व तोरी/तिलको तेलले दैनिक बिहान र साँझ यसो गर्नुपर्छ ।

६. भोजनः

स्वस्थ रहन सात्विक र लघु (हल्का) आहारको महत्त्वपूर्ण भूमिका हुन्छ । स्वस्थ भोजन गर्ने मान्छे बिरामी हुँदैन भन्ने हुँदैन तर बिरामी भइहालेमा धेरै छिटो रोगबाट मुक्त हुनसक्छ । स्वस्थ भोजनबारे कुनै अर्को लेखमा उल्लेख गरौंला ।

प्रायः बजारका बोटलबन्द खाद्य पदार्थ/पेय, मैदाबाट निर्माण गरिएका खाद्यपदार्थ, लामो समय फ्रिजमा राखिएका, तारेका, भुटेका र सुक्खा खानेकुराहरू सेवन गर्नु हुँदैन ।

स्वस्थ रहन इच्छा राख्ने व्यक्तिले आजैबाट दैनिक १ घण्टा आफ्नो स्वास्थ्यका लागि दिने गरौं । स्वस्थ दिनचर्याले महामारीसँगै अन्य रोगहरू लाग्नबाट पनि बचाउँछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x