२१ असार २०८३, आइतबार

विस्फोटक प्लान्ट किन्दै सेना

कात्तिक २०, २०७४
विस्फोटक प्लान्ट किन्दै सेना
काठमाडौं, १३ पुस - नेपाली सेना र उद्योग मन्त्रालयले मकवानपुरको सुनाचुरीस्थित इमल्सन प्लान्टले उत्पादन गर्दै आएको विस्फोटक पदार्थ पर्याप्त नभएको भन्दै थप प्लान्ट खरिद प्रक्रिया अघि बढाएको छ । प्लान्ट खरिदका लागि नेपाली सेना कल्याणकारी कोष र उद्योग मन्त्रालयले एलसीसमेत खोलिसकेका छन्,आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
nepal army

रक्षामन्त्री बालकृष्ण खाँडले विस्फोटक पदार्थमा आत्मनिर्भर हुन थप लगानी आवश्यक भएको भन्दै सरकारले यसका लागि आवश्यक पर्ने सबै व्यवस्था गर्ने बताए । 'पूर्वाधार निर्माणमा अत्यावश्यक विस्फोटक पदार्थ उत्पादनका लागि क्षमता वृद्धि गर्नुपर्ने देखिएको छ', खाँडले भने, 'कच्चा पदार्थ ल्याएर नेपालमै उत्पादन गर्न सके ठूलो परिमाणमा विदेशी मुद्रामा भुक्तानी गर्नु पर्दैन ।'
विस्फोटक पदार्थ उत्पादनको अवस्था र त्यसको क्षमता वृद्धि गर्नेबारे निरीक्षणका लागि रक्षामन्त्री खाँड, प्रधानसेनापति राजेन्द्र क्षेत्री, रक्षासचिव श्रीधर सापकोटालगायत सेनाका उच्च अधिकारी आइतबार सुनाचुरी पुगेका थिए ।
सुनाचुरीमा विस्फोटक उत्पादन गर्ने एउटामात्र प्लान्ट कच्चा पदार्थ अभावमा बन्द छ । विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आयात हुँदै आए पनि प्राविधिक समस्याका कारण केही समयदेखि रोकिएको सैनिक स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्