३० असार २०८३, मंगलबार

इजरायली आक्रमणका कारण हमासलाई वर्षौंसम्मका लागि क्षति पुगेको नेतान्याहुको दाबी

जेठ ५, २०७८
इजरायली आक्रमणका कारण हमासलाई वर्षौंसम्मका लागि क्षति पुगेको नेतान्याहुको दाबी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सेनाको हवाई आक्रमणका कारण हमास लडाकूहरू वर्षौंसम्मका लागि पछि धकेलिएको बताएका छन् । 
 

गाजामा हमासमाथि लगातार इजरायलले आक्रमण गरिरहेको बेलामा नेतान्याहुको टिप्पणी आएको हो । 

विगत १० दिनदेखि चलिरहेको संघर्षमा परी २१५ प्यालेस्टाइनी र १२ इजरायलीको मृत्यु भएको छ । 
 

हमासलाई उल्लेख्य क्षति पुगेको र इजरायली नागरिकहरूमा शान्ति बहाल नहुन्जेल सैन्य कारवाही जारी रहने नेतान्याहुले बताए । 

युद्धविराम हुनुपर्ने भनी अन्तर्राष्ट्रिय समुदायले आह्वान गरिरहेको अवस्थामा नेतान्याहुको भनाइ आएको छ । 

तर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले यस द्वन्द्वको विषयमा सामान्य घोषणा पनि गर्न सकेको छैन । इजरायलको कट्टर समर्थक अमेरिकाले संघर्ष रोक्नका लागि आह्वान गर्ने चीन, नर्वे र ट्युनिसियाको बयानको मस्यौदालाई समेत स्वीकृति दिएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्