२४ असार २०८३, बुधबार

पाकिस्तान सुपर लिगका बाँकी खेल आबुधाबीमा

जेठ ८, २०७८
पाकिस्तान सुपर लिगका बाँकी खेल आबुधाबीमा

पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने पक्का भएको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको छ ।

युएईको अनुमतिसँगै प्रतियोगिताको बाँकी खेलहरु आबुधाबीमा हुनेछ । तर, बाँकी खेलको मिति भने तय भएको छैन ।

यस अघि कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको थियो ।

पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्