२९ असार २०८३, सोमबार

‘म कोभिड विरुद्ध लडौं कि डेढ सय फिराद लेखेर बसौं ?’

‘म कोभिड विरुद्ध लडौं कि डेढ सय फिराद लेखेर बसौं ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई काम गर्न नदिनका लागि तान्ने कोसिस भइरहेको बताएका छन् ।  

उनले कोभिड १९ विरुद्ध आफूले काम गरिरहँदा काम गर्न नदिने र मुद्धा हाल्ने काम भएको बताए ।  

आइतवार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘म कोभिड विरुद्ध लडौं कि डेढ सय फिराद लेखेर बसौं ?’ 

उनले थप भने,‘यस्तो खालको स्थिती नगरौं भन्ने मेरो आग्रह छ ।’ 

प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा पनि बेरोजगारी, मूल्यवृद्धि, कालोबजारी हुन नपाओस्, आपूर्तिमा तलमाथि नहोस् भन्नेमा आफ्नो ध्यान केन्द्रित भएको बताए ।  

उनले थपे,‘उद्योगधन्दाहरू मिलाइमिलाई स्वास्थ्य मापदण्ड पालना गरेर चलाउनेतर्फ जान्छौं, त्यसपक्षमा मेरो र मेरो सरकारको ध्यान गइरहेको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्