३० जेठ २०८३, शनिबार

मधेसलाई माइती भन्ने प्रचण्डले धोका दिन थालेः ठाकुर

कात्तिक २०, २०७४
मधेसलाई माइती भन्ने प्रचण्डले धोका दिन थालेः ठाकुर
काठमाडौं, १३ पुस–तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले जवरजस्ती चुनाव गराउन खोजको भन्दै चुनावको विरोध गरेका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीको ९औं वार्षिक उत्सको अवसमा विजुली बजारमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकूरले संविधान संशोधनलाई वेवस्ता गरेर चुनावमा गए आफूहरुलाई स्विकार्य नहुने बताएका हुन् । ठाकुरले तीन दलमा केही फरक नभएको उल्लेख गरे ।

उनले सरकाले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाए । सरकारले मधेसका मुद्दा फिर्ता लिन्छु भनेको भएपनि अझैसम्म फिर्ता नलिएको बताए ।

माओवादी प्रति आक्रामक

ठाकुरले सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी मधेसलाई धोका दिन थालेको आरोप लगाए । उनले मधेस गएका बेला माओवादी मधेस चाहिन्छ, मधेस होइन आफू माइती आएको छु भन्छ तर सरकारमा पुगेपछि मधेसीलाई धोका दिएको आरोप लगाए ।

माओवादी मधेसको मागमा लचक भएको आफ२हरुले ठानेको भए पनि कांग्रेस एमालेकै बाटोमा आएको ठाकुरको आरोप थियो । उनले प्रचण्ड संशोधनबाट चुनाव तर्फ केन्द्रीत भएको आरोप लगाए । 

यसअघि हिजो बालुवाटारमा बसेको मोर्चा सत्तागठबन्धको बैठकमा मोर्चाका नेताले संविधान संशोधन पारित नभएसम्म चुनाव हुन नदिने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्