×

NMB BANK
NIC ASIA

लकडाउन डायरी - भाग ६

पवन गोल्यानको लकडाउन डायरी– 'अघिल्लोपटक त खुबै खाना बनाएँ, यसपालि अलि भ्याएको छैन'

जेठ १९, २०७८

NTC
Premier Steels

‘निषेधाज्ञाको अहिलेको समयमा म युवाहरूलाई मोटिभेट गर्ने र कृषिकर्मीहरूलाई कसरी सहयोग गर्ने भन्ने कुरामा नै म व्यस्त छु,’ प्रतिष्ठित उद्यमी तथा गोल्यान ग्रुपका अध्यक्ष पवनगोल्यान भनाइ हो यो ।

Muktinath Bank

नेपालमा कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै निषेधाज्ञा जारी भएको एक महिनाभन्दा बढी भइसकेको छ । यसबीचमा गोल्यान घरमै छन् । उनले घरबाटै विभिन्न काम गर्दै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउन डायरीका लागि लोकान्तरसँगको कुराकानीमा गोल्यानले भने, ‘अनलाइन वा फोनबाट कृषक तथा युवाहरूलाई मोटिभेट गरिरहेको छु । जति गर्न सक्छु, त्यति त गर्न सकेको छैन, तर गरिरहेकै छु ।’


Advertisment
Nabil box
Kumari

प्रस्तुत छ, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष समेत रहेका गोल्यानसँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :

Vianet communication

कोरोना भाइरसको दोस्रो लहर शुरू भएसँगै यसको न्यूनीकरण तथा रोकथामका लागि सरकारले निषेधाज्ञा लगाएको पनि १ महिनाभन्दा बढी भइसकेको छ । यसबीचमा प्रायः म घरमा नै छु । यस्तो समयमा सकभर बाहिर नजाँदा नै ठीक हुन्छ । 

विगतका दिनहरूमा भन्दा घरमा बस्दा केही समय खाली हुन्छ । मैले पनि केही फुर्सद पाएको हुन्छु । यसमा कहिलेकाहीँ खल्लो त हुन्छ, तर पनि अहिले प्रविधिले फड्को मारिसकेको अवस्थामा खाली भन्ने हुँदो रहेनछ । अनलाइन तथा जूम माध्यमबाट अफिसका कामहरू गर्ने, मिटिङमा सहभागी हुने काम गरिरहेको हुन्छु । 

यो बीचमा आगामी आर्थिक वर्ष २०७८/७९ को नयाँ बजेट सार्वजनिक भएको छ । बजेट आउनुपूर्व बजेटलाई सुझाव दिनमा व्यस्त भएँ । अहिले बजेटको समीक्षामा समय दिनुपरेको छ । 

मेरो दिनचर्या पहिले र अहिले उस्तै उस्तै छ । पहिलाकै रुटिङमा चलिरहेको छु । सामान्यतयाः म बिहान ७ बजे उठिसक्थेँ । तर निषेधाज्ञापछि भने आधा घन्टा जति ढिला उठ्छु । 

त्यसपछि आधा घन्टादेखि ४५ मिनेट जति लाइट (सामान्य) एक्सरसाइज गर्ने गरेको छु । अहिले घरमै जीम बनिसकेको छ । अब हप्ताको ४ दिन बेलुकी ५ बजेपछि एक घन्टा जीम जाने सोच छ । 

यसबीचमा परिवारको साथमा अलि बढी बिताइन्छ । विगतमा हेर्न नभ्याएका चलचित्र तथा सिरियलहरू हेर्ने गरेको छु । 

मैले विशेषगरी एक्सन ओरेन्टेड चलचित्रहरू हेर्छु । क्राइम थिलर मूभीहरू हेर्न रुचाउँछु । यस्ता चलचित्रहरूमा एक्साइटिङ हुन्छ, मर्डर भयो भने कसरी भयो भन्ने हुन्छ ।

एउटा चलचित्र थियो, कस्मीरमाथि उरी । यसमा सर्जिकर स्ट्राइक कसरी गर्‍यो भन्ने कुरा रोचक ढंगले देखाइन्छ । यसबाहेक फ्यामिली मूभीहरू रुचाउँछु । 

म यसबीचमा अफिस गएको छैन । यसअघि नै म कामबाट रिटायर्ड भइसकेकाले खासै गाह्रो भएको छैन । काम गर्नेहरूलाई त गाह्रो हुन्छ होला । 

युवाहरूलाई मोटिभेट गर्ने र कृषिकर्मीहरूलाई कसरी सहयोग गर्ने भन्ने कुरामा नै म व्यस्त हुन्छ । यो पनि अनलाइन वा फोनबाट । जति गर्न सक्छु, त्यति त गर्न सकेको छैन, तर गरिरहेकै छु । 

परिवारमा हामी रमाइलो गरी बसिरहेका छौं । सामान्य खेलहरू खेल्छौँ । पोट्स, कार्ड्स, यस्तै हो । नातिनातिनीहरू अलि टाढा बस्छन् । निषेधाज्ञाले गर्दा उनीहरू आउन पाएका छैनन् ।

उनीहरूलाई मिस गरिरहेको छु । उनीहरू सानेपामा बस्छन्, हामी कालिमाटीमा । अहिले अधिकांश समय परिवारलाई नै दिने गरेको छु । 

सामाजिक सञ्जालमा त्यति बढी हैन कम नै समय दिन्छु । फेसबूक, ह्वाट्सएप, इमेलमा म्यासेजहरू आइरहन्छन्, त्यसलाई भने हेर्नुपर्ने हुन्छ । 

मलाई पकाउने, केही नयाँ काम गर्ने, रमाइलो गर्ने कुराहरूमा इन्ट्रेस्ट पनि छ । म यस्ता कामहरू गरिरहन मन पराउँछु । अघिल्लो लकडाउनमा मैले पकाउने काम धेरै गरें । तर अहिले भने समय अभाव भयो । एकपटक मात्रै पकाएर खुवाएको छु । 

म विषेश गरी २ काममा इन्जोय गर्छु । एउटा कूकिङ अर्को गार्डेनिङ । गार्डेनिङ भने यहाँ गर्ने वातावरण छैन । यो अपार्टमेन्ट बिल्डिङ भएकाले सम्भव भएन  । 

कोरोना संक्रमण मलाई पहिलो वेभमा नै भएको हो । तर त्यति गाह्रो भएन । सामान्य लक्षण देखिएको थियो । दोस्रो लहरमा छोरा र बुहारीलाई पनि संक्रमण भयो । अहिले निको भइसकेका छन् । 

दोस्रो लहरमै मैले करीब ३४/३५ वर्ष सँगै बसेको मेरो आफ्नो परिवारको सदस्य जस्तै साथीलाई गुमाएको छु । उहाँ स्वस्थ मानिस नै हुनुहुन्थ्यो, उमेर पनि बढी हैन ५५ भित्र नै हुनुहुन्थ्यो ।

करीब एक महिना अस्पतालमा उपचार गरेर पनि उनलाई बचाउन सकिएन । हामीले हार्‍यौँ । यसले मन निकै खल्लो बनाएको छ । म निकै मर्माहित छु । 

त्यसकारण म अहिले महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई सामान्य रूपमा नलिनका लागि सबैमा आग्रह गर्न चाहन्छु । निषेधाज्ञा भएपनि नभएपनि हामी घरबाहिर ननिस्कौं । 

जसरी हुन्छ भीडभाड कम गरौं ।  अहिले हामी नेपालीले कोही न कोही परिवार वा चिनजानकै मानिस गुमाएका छौं । त्यसकारण यसलाई कम नसोचौँ ।

खानपानमा बुझ्नै पर्ने कुरा, गाउँघरमा बस्नेहरूलाई संक्रमण भए पनि अप्ठ्यारो अलि बढी भएको छ । कुनै पनि रोग खानपानमै जोडिएको छ ।

यदि हाम्रो खानपान विषादी कम भएको र पौष्टिक छ भने हामीलाई कम असर गरेको छ । खानेकुराहरूमा नेपाली मसलाहरू प्रयोग गरेका छौं, ननभेज कम खाने या नखाने र रेडिमेड खानेकुरा कम खाने वा नखानेहरूमा कम असर गरेको बताइएको छ । त्यसकारण खानपानलाई विषेश ध्यान दिन म सबैलाई आग्रह गर्छु ।   

यस्तै, युवाहरूका लागि मेरो आग्रह छ, हामी सबैले नेपालमा उत्पादित वस्तुको प्रयोग गर्ने हो भने केही युवाले काम पाउँछन् वा उनीहरूले उत्पादन गरेको वस्तु बिक्री हुन्छ ।

यसो गरेमा धेरै रोजगारी वृद्धि हुन्छ । त्यसकारण विदेशी उत्पादनभन्दा पनि स्वदेशी उत्पादन रोजौं । नेपाली भएर नेपाली नै खाऔं, नेपाली नै लगाऔं ।

 


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x