×

NMB BANK
NIC ASIA

लकडाउन डायरी

दीपक मलहोत्राको लकडाउन डायरी : बिहान-बेलुका २ घन्टा एक्सरसाइज, नातिनातिनीसँग हाँसखेल !

जेठ ६, २०७८

NTC
Premier Steels

‘म पहिला–पहिला वर्षको २ पटकसम्म रुघाखोकीबाट ग्रस्त हुन्थेँ, तर अहिले मलाई रुघाखोकी नै लागेको छैन । कोरोना आएपछि हामीले स्वास्थ्यमा निकै ध्यान दिन थालेका रहेछौं । दिनुपर्ने नै रहेछ,’ नेपाल च्येम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले कुराकानीको शुरूमा भने । 

Muktinath Bank

सामान्यतया उनी निकै व्यस्त हुने मध्येका एक प्रतिष्ठित उद्यमी हुन् । अहिले निषेधाज्ञाका कारण घरमै बस्दा पनि व्यस्त जीवनशैलीलाई भुल्न नसकेको उनी बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल च्येम्बर अफ कमर्सका उपाध्यक्ष एवं आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रासँग ‘लकडाउन डायरी’का लागि लोकान्तरकर्मी परिवर्तन देवकोटाले कुराकानी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

प्रस्तुत छ, मल्होत्रासँग गरिएको कुराकानीको सम्पादित अंश उनकै शब्दमाः 

Vianet communication

अहिले अधिकांश समय म घरमै बसेको छु । कसैसँगको भेटघाट, अनावश्यक बाहिर निस्कने जस्ता कामहरूबाट म टाढै छु ।

अहिले कोरोना महामारीको अवस्था डरलाग्दो नै छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड मान्नैपर्छ । 

केही समय भने हामीले राहतसँग सम्बन्धित कुराहरू कहिलेकाहीँ जूम मिटिङमा नै गर्छौं । कतिपय भने भौतिक उपस्थितिमा नै काम गर्नुपर्ने अवस्था हुन्छ, कहिलेकाहीँ त्यता निस्कनुपर्ने हुन्छ । नत्र अधिकांश समय घरमा नै हुन्छु । 

म घरमा बस्दा पनि अधिकांश समय त जूम मिटिङमा व्यस्त भइरहेको हुन्छु । घरमा बस्दा समय बिताउन नसकेर बोरिङ हुने, के गर्ने, कसो गर्ने भन्ने भएको छैन । 

बिहान एक घन्टा मैले नियमित एक्सरसाइज गर्ने गरेको छु । त्यस्तै बेलुकी पनि एक घन्टा एक्सरसाइज नै गर्ने गरेको छु ।

निषेधाज्ञाको अहिलेको समयमा एक्सरसाइज पनि महत्त्वपूर्ण कुरा हो । दिनको २ घन्टा त यसमै बित्छ । त्यसपछि नियमित कामहरू गर्ने गरेको छु । 

कतिपय पेन्डिङ कामहरू पनि गरिरहेको छु । पहिला निकै व्यस्त हुँदा गर्न नभ्याएका कामहरू अहिले गर्दैछु । त्यसकारण मलाई अहिले लाग्छ कि, समयको सबैभन्दा बढी सदुपयोग मैले नै अहिले गरिरहेको छु ।

घरमा म पूरै दिन परिवारसँग नै हुन्छु । अहिलेको यस परिस्थितिमा घरमा परिवारसँग रमाइलो गर्ने अवसर पनि छ । 

परिवारसँग अहिले मेरो बिल्कुलै नयाँ कुरामा सल्लाह भइरहेको छ । निषेधाज्ञाअगाडि व्यस्तताका कारण यो विषयमा सल्लाह गर्न भ्याएको थिइन । 

सल्लाहकै कुरा गर्दा अलिकति जग्गा थपेका छौं । घरलाई केही मोडिफाइ गर्ने कि वा कसरी प्रयोग गर्ने भन्ने विषयमा परिवारका सबैजना मिलेर छलफल गर्ने गरेका छौं । 

इञ्जिनीयरसँग पनि जूममा नै कुरा भइरहेको हुन्छ । यो काम आजको आजै गर्ने भन्ने हुँदैन, केही समय लाग्छ । सल्लाह त गर्नुपर्‍यो नि ! 

यसबाहेक नातिनातिनाहरू घरमै छन् । उनीहरूसँग खेल्ने, रमाइलो गर्ने गरिरहेको छु । निषेधाज्ञा धेरै नै लम्बियो भने त के हुन्छ, कसो हुन्छ, अर्थतन्त्र कहाँ पुग्छ थाहा छैन । तर अहिले घरमा बस्दा रमाइलो गरेर नै समय बिताइन्छ । 
अन्य समयमा आइतवारदेखि शुक्रवार साँझसम्म परिवारलाई समय दिनै भ्याइन्न थियो  । बाँकी एक दिन शनिवार पनि कहिलेकाहीँ त मिटिङतिरै निस्कनुपर्थ्यो । तर अहिले त घरभित्रै छौं । परिवारलाई दिने समय पर्याप्त छ । 

घरमा बस्दा मोबाइल, इन्टरनेटमा धेरै नै व्यस्त भइरहने बानी हुँदो रहेछ । मैले यसलाई सकेसम्मको कन्ट्रोल त गरेको छु ।

पहिला बिहान अखबार पढिन्थ्यो, रेडियो सुनिन्थ्यो । तर अहिले छिनछिनमा मोबाइल हेरिरहिनेरहेछ । साँझ बिहान गरेर पनि कम्तिमा पनि २ घन्टा मेरो समय फेसबूक, ह्वाट्सएपमा बित्ने रहेछ ।

फेसबूक र म्यासेन्जर मैले सधैं बन्द गरेर राख्छु । म्यासेन्जर अन गर्‍यो भने टिङटिङ दिनभरी नै आइरहेको हुन्छ । मेरो त काम नै त्यसमै हुन्छ फेरि, अनि अरू कहिले गर्नु  । 

पकाउने बानी ममा छैन । मैले आजसम्म खाना पकाएको छैन । आउँदैन जस्तो लाग्छ । तर समयसमयमा चिया बनाउँछु । अण्डाका परिकार, अम्लेट जस्ता कुराहरू बनाइरहेको हुन्छु । 

निषेधाज्ञामा काठमाडौं सफा हुने रहेछ । अस्तिसम्म कति धेरै प्रदुषण थियो काठमाडौं, तर अहिले अलि सफा हुँदा यस्तै सफा भइरहे पनि हुन्थ्यो भन्ने लाग्ने रहेछ ।

कोरोनापछि वातावरण प्रदुषण कम भएको जस्तो लाग्छ । तर अर्कातिर अर्थतन्त्र पनि उस्तै ओरालो लागेको छ ।

कोरोनाले सबैभन्दा बढी स्वास्थ्यमा केयर गर्न सिकाउने रहेछ । कोरोना आउनुभन्दा अगाडि मलाई वर्षमा २ पटक रुघाखोकी लाग्थ्यो नै । तर अहिले मलाई रुघाखोकी लागेको छैन । यो सब कारण एउटै हो, स्वास्थ्यलाई बढी ध्यान ।

मास्क, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाडबाट टाढै रहने, नियमित शारीरिक अभ्यास गर्ने गरेपछि स्वास्थ्य स्वस्थ रहने भयो । अन्य रोगहरू लाग्न निकै कमी भयो । कोरोनाले सिकाएको मूल पाठ नै यही हो । 

(कुराकानीमा आधारित)

 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x