
भारतमा गत बर्ष सन् २०२० मा मात्रै रेल मार्गमा आठ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।
कोरोनाभाइरसको महामारीका कारण देशव्यापी लकडाउन लागु भइरहेकै बेला उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
मृत्यु भएकामध्ये अधिकांश आप्रवासी कामदार रहेको रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
समितिका उच्च अधिकारीहरूले यो विवरण गत बर्षको जनवरीदेखि डिसेम्बरसम्मकै भएको जानकारी दिएका छन् ।
मध्यप्रदेशका अभियान्ता चन्द्र शेखर गुरुले सूचनाको हक ऐन अन्तर्गत सूचना माग गरेपछि यो विवरण सर्वजनिक भएको हो ।
प्रहरी अधिकारीहरुले उपलब्ध गराएको विवरणमा रेल मार्गमा कम्तीमा ८०५ जना घाइते भएको उल्लेख गरिएको छ । रेल मार्गमा मृत्यु भएकाहरूको खास सङ्ख्या भने आठ हजार ७३३ रहेको छ ।