२२ असार २०८३, सोमबार

विवाह मण्डपमै बेहुलीको मृत्यु, बहिनीसँग बेहुलाले गरे विवाह

जेठ २१, २०७८
विवाह मण्डपमै बेहुलीको मृत्यु, बहिनीसँग बेहुलाले गरे विवाह

भारतको उत्तर प्रदेशमा विवाह समारोह चलिरहेको बेलामा निकै अनौठो घटना भएको छ । 

गत साता बिहीवार मंगेश कुमार र सुरभिको विवाह हुँदै गर्दा अचानक सुरभिको मृत्यु भयो । 

बेहुला बेहुलीले एकअर्कालाई माला लगाइदिँदै गर्दा सुरभि ढलिन् । उनलाई हृदयघात भएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेपछि बेहुला र बेहुली पक्षबीच सुरभिकी बहिनी निशालाई मंगेशसँग विवाह गराउने सहमति बन्यो । 

सुरभिको मृत शरीरलाई एउटा कोठामा राखेर विवाह समारोह सम्पन्न गरियो । 

‘मेरी एउटी दिदीको शरीर एउटा कोठामा राखिएको थियो भने अर्की दिदीले उनको स्थानमा रही भिनाजुसँग विवाह गरिन् । यस्तो अनौठो घटना देख्नुपर्‍यो,’ भाइ सौरभले बताए । 

‘यस्तो मिश्रित भाव एकैपटक कहिले पनि हामीले अनुभव गरेका थिएनौं । सुरभिको मृत्युले दिएको पीडा र निशाको विवाहले दिएको खुशी दिमागमा बसिरहेकै छैन,’ सुरभिका काक अजब सिंहले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्