३१ असार २०८३, बुधबार

ईश्वर पोखरेलसहित एमालेका अधिकांश पुराना मन्त्री सरकारबाट ‘आउट’

ईश्वर पोखरेलसहित एमालेका अधिकांश पुराना मन्त्री सरकारबाट ‘आउट’

उपप्रधानमन्त्री एवं नेकपा एमाले महासचिव ईश्वर पोखरेल सरकारबाट बाहिरिएका छन् ।

२०७४ सालमा केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि पोखरेल रक्षामन्त्री सहित उपप्रधानमन्त्री बनेका थिए ।
 
लामो समय रक्षाको जिम्मेवारी सम्हालेका पोखरेललाई गत वर्ष रक्षाबाट हटाएर प्रधानमन्त्री कार्यालय हेर्ने गरी विना विभागीयको जिम्मा दिइएको थियो । 

पार्टीको काममा लगाउने भन्दै पोखरेललाई सरकारबाट बिदा गरिएको स्रोतले बतायो । ‘पार्टी महासचिवको हैसियतले उहाँले अब चुनावको तयारीमा लाग्नुहुन्छ,’ एमाले स्रोतले लोकान्तरसँग भन्यो । 

पोखरेलसहित परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकाल, कृषि मन्त्री पदमा अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, वन मन्त्री प्रेम आले तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो सरकारबाट बिदा भएका छन् । 

रघुवीर महासेठ र शेरबहादुर तामाङ मन्त्री बनेका छन् । जसपाका ८ सहित महासेठ र तामाङले शुक्रवार नै पद तथा गोपनीयताको शपथ लिँदैछन् । 

salt training

कमेन्ट गर्नुहोस्