१९ असार २०८३, शुक्रबार

एमाले प्रतिपक्ष दल भएको भन्दै अलग्गै सिटको व्यवस्था गर्न माग

जेठ २१, २०७८
एमाले प्रतिपक्ष दल भएको भन्दै अलग्गै सिटको व्यवस्था गर्न माग

शुक्रवारदेखि शुरू भएको सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशनका क्रममा नेकपा एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले आफूहरू प्रतिपक्ष भएकाले अलग्गै सिटको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

सभामुख अर्जुन थापाले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै सदस्य बोहराले आफ्नो सिटबाट उठेर एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको प्रदेश सभालाई समेत जानकारी गराइसकेको अवस्थामा अलग्गै सिटको व्यवस्थापन नभएकामा आपत्ति जनाएका छन् ।

उनले समर्थन फिर्ता लिइसकेको अवस्थामा एमाले अब प्रतिपक्ष भइसकेको र समर्थन फिर्तापछि सरकार अल्पमत परेकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्