३१ असार २०८३, बुधबार

मन्त्रिपरिषद्‍मा विष्णु पौडेललाई दोस्रो वरियता, राजेन्द्र महतो चौथो र १७ औं नम्बरमा गुरुङ

मन्त्रिपरिषद्‍मा विष्णु पौडेललाई दोस्रो वरियता, राजेन्द्र महतो चौथो र १७ औं नम्बरमा गुरुङ

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा तीन उपप्रधानमन्त्री, मन्त्री र दुइ राज्यमन्त्रीले शपथ लिएका छन् ।

मन्त्रिपरिषद्को दोस्रो वरियतामा अर्थमन्त्री विष्णु पौडेल छन् । उनी आज उपप्रधानमन्त्री बनेका थिए । तेस्रो वरियतामा रघुवीर महासेठ छन भने उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्री राजेन्द्र महतो चौथो नम्बरमा छन् ।
पाँचौ नम्बरमा उर्जा तथा जलस्रोत मन्त्री शरतसिंह भण्डारी छन भने मन्त्रिपरिषद्को पुछारमा रेणुका गुरुङ छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रहेकी गुरुङ उपेन्द्र यादव समूहबाट महन्थ ठाकुर समूहमा आएकी हुन् । उनी १७ औं नम्बरमा छिन् ।

salt training

कमेन्ट गर्नुहोस्