
नेकपा माओवादी केन्द्र निकटको प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च युरोपको संयोजकमा सुरेन्द्र भुसाल चयन भएका छन् ।
जनयुद्धकालदेखि युरोपमा माओवादीलाई स्थापित गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएका संयोजक भुसाल पुराना अगुवा नेता मानिन्छन् ।
२०४८ सालको संसदीय चुनावमा तत्कालीन संयुक्त जनमोर्चाबाट पर्वत जिल्लामा उम्मेदवार रहेका भुसाल सन् २००० मा युरोपमा माओवादी पार्टीलाई स्थापित गर्ने अगुवा नेताहरूमध्ये एक हुन् ।
सन् २००३ मा बेल्जियम सरकारले नेपाललाई हतियार बेच्न लाग्दा जनयुद्ध सपोर्ट कमिटीका अध्यक्ष रहेका भुसाल लगायतको नेतृत्वमा नेपालीले आन्दोलन गरेपछि सो कदमबाट बेल्जियम सरकारपछि हटेको थियो भने बेल्जियमको अदालतले उल्टाएपछि सरकारका मन्त्रीले राजीनामा दिनुपरेको थियो ।