२२ असार २०८३, सोमबार

बजेटले सम्पत्ति अभिलेखीकरणका सम्बन्धमा सम्बोधन गरेन : गोल्छा

बजेटले सम्पत्ति अभिलेखीकरणका सम्बन्धमा सम्बोधन गरेन : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्पत्ति अभिलेखीकरणका सम्बन्धमा सम्बोधन गर्न नसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको बजेट कार्यान्वयन सम्बन्धि अन्तरक्रियामा महासंघ अध्यक्ष गोल्छाले नीजि तथा सरकारी वा अन्य सबै क्षेत्रको सम्पत्तीको अभिलेखीकरणमा पहल नभएको बताएका हुन् ।

समग्रमा बजेटले सबै क्षेत्रलाई समेटेको र कार्यान्वयनमा विश्वस्त बनाउने अवस्थाको अपेक्षा गरेको बताएका गोल्छाले विकास निर्माण र आर्थिक क्षेत्रको सुधारमा समस्याको रुपमा देखिएका सम्पत्ति अभिलेखीकरण सहितका केही विषय नसमेटिएकोमा चासो देखाएका छन् ।

महासंघले यस अघिदेखि नै उठान गर्दै आएको सम्पत्तीको अभिलेखीकरणसँगै राजस्व न्यायिकरणको सिद्धान्त र सार्वजनिक खरिद ऐनको झन्झटिलो प्रावधान सुधार गर्नबाट बजेट चुकेको उनको भनाई थियो ।

salt training

कमेन्ट गर्नुहोस्