३० असार २०८३, मंगलबार

माधव नेपाल क्याम्प छाडेका पहाडी सामान्य प्रशासनमन्त्री

माधव नेपाल क्याम्प छाडेका पहाडी सामान्य प्रशासनमन्त्री

लामो समय माधव नेपाल–झलनाथ खनाल क्याम्पमा रहेका गणेश पहाडी संघीय मामिला तथा समान्य प्रशासन मन्त्री बन्ने भएका छन् ।

बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले पहाडी समेतलाई सहभागी बनाएर मन्त्रिमण्डल विस्तारको तयारी गरेका हुन् । 

२०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पहाडी सिन्धुलीबाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

माधव नेपाल समूहमा सक्रिय भएपनि उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न मानेका थिएनन् । 

पहाडीलगायत मन्त्री बनेका ७ जनालाई बिहीवार अपराह्न पद तथा गोपनीयताको शपथ गराउने तयारी भएको बालुवाटार स्रोतले जानकारी दियो ।

गृहमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नैनकला थापाले शपथ लिँदैछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्