२९ असार २०८३, सोमबार

सभामुखले औपचारिक घोषणा नै नगरी गण्डकीको विश्वासको मतसम्बन्धी नतिजा आउट

सभामुखले औपचारिक घोषणा नै नगरी गण्डकीको विश्वासको मतसम्बन्धी नतिजा आउट

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिएको विश्वासको मतसम्बन्धी नतिजा औपचारिक घोषणा अघि नै आउट भएको छ ।
सभामुख नेत्रनाथ अधिकारीले मतविभाजनको घोषणाअघि प्रदेशसभा सचिवालयका कर्मचारीहरुसँग परामर्श गर्दा सबै विषय लाइभमा सुनिएपछि औपचारिक घोषणाअघि नै सञ्चारमाध्यमबाट बाहिरिएको हो ।

उनले झण्डै ५ मिनेट कर्मचारीहरुसँग मत गन्नेदेखि पक्षविपक्षमा प्राप्त भएको मत संख्याबारे सल्लाह गर्दैगर्दा प्रदेशसभाको सबै गतिविधि लाइभमा सुनिएको थियो । सभामुखले माइक बन्द नगरी परामर्श गर्दा यसरी नतिजा पहिल्यै बाहिरिएको हो ।

प्रदेशसभामा मत विभाजन हुँदा गुरुङको पक्षमा २७ मत प्राप्त भयो भने विपक्षमा ३० मत प्राप्त भयो । प्रदेशसभामा ५७ सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । उपस्थित ५८ मध्ये एक जनाले भने कसैलाई मत दिएनन् ।  ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ प्रदेशसभाको मत चाहिन्थ्यो ।

salt training

कमेन्ट गर्नुहोस्