बूढानीलकण्ठमा चार नेताबीच भेटवार्ता

विपक्षी गठबन्धनका ४ नेताबीच बिहीबार भेटवार्ता भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका पूर्वमहासचिव माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो ।

भेटमा पछिल्लो राजनीतिक अवस्थाका साथै प्रधानमन्त्री केपी ओलीसँग कसरी एकजुट भएर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको माओवादी स्रोतले बताएको छ ।
बूढानीलकण्ठमा झण्डै साढे २ घण्टा चलेको भेटमा चार दल मिल्दा प्रदेशमा सकारात्मक नतिजा आएको र थप एकताबद्ध भएर ओलीविरुद्ध संघर्ष गर्ने सहमति समेत भएको छ ।


Advertisement

विपक्षी गठबन्धन प्रत्यक्ष तथा अप्रत्यक्ष मिल्दा कर्णाली सरकारका साथै सुदूरपश्चिम सरकार जोगिएको छ भने ओली पक्षीय गण्डकी प्रदेश सरकार ढलेको छ । यस्तै प्रदेश २ मा पनि काँग्रेसको सहयोगमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।
बैठकमा अन्य प्रदेशमा पनि मिलेर अघि बढ्ने र कुनैपनि हालतमा ओलीलाई झुकाइछाड्ने विषयमा समझदारी बनेको बूढानीलकण्ठ स्रोतको भनाइ छ ।  

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्