१२ असार २०८३, शुक्रबार

ट्रम्पले बाइडनलाई भने– पुटिनसँग कुरा गर्दा गर्दै बीचमा नसुत्नू

जेठ २८, २०७८
ट्रम्पले बाइडनलाई भने– पुटिनसँग कुरा गर्दा गर्दै बीचमा नसुत्नू

अमेरिकाका राष्ट्रपति जो बाइडन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शिखर सम्मेलन हुन लागेको पूर्वसन्ध्यामा पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कुरा गर्दागर्दै बीचैमा नसुत्न भनेका छन् । 

बिहीवार एक बयान जारी गर्दै उनले बाइडनलाई मजाक उडाउने किसिमले सुझाव दिएका हुन् । 

अर्को साता स्विटजरल्यान्डको जेनेभामा बाइडन र पुटिनबीच भेटघाट हुँदैछ । मस्कोले यो भ्रमण एकदमै महत्त्वपूर्ण भएको बताएको छ तर यसको परिणामका बारेमा कसैले पनि भयंकर आशा राख्न नहुने बताएको छ । 

ट्रम्पले चाहिँ सन् २०१८ मा फिनल्यान्डको हेल्सिन्कीमा आयोजित शिखर सम्मेलनको स्मरण गर्दै अमेरिकाले पुटिन र रुसको सम्मान हासिल गरेको तर अमेरिकी गुप्तचर निकाय र मिडियाले त्यसलाई बिगारेको बताए । 

अमेरिकाको कर्पोरेट मिडियाले उक्त शिखर सम्मेलनका विषयमा जथाभावी लेखेको किनकि ट्रम्पले अमेरिकाको गुप्तचर समुदायको साटो पुटिनलाई विश्वास गरेको जस्तो देखिएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्