०२ साउन २०८३, शनिबार

गण्डकी प्रदेशः नयाँ सरकारको छिनोफानो आज, काँग्रेस प्रदेश प्रमुखसँग असन्तुष्ट

गण्डकी प्रदेशः नयाँ सरकारको छिनोफानो आज, काँग्रेस प्रदेश प्रमुखसँग असन्तुष्ट

गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारेको छिनोफानो शनिबार हुँदैछ । शुक्रबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले बहुमतको सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकोमा सोमा दावी गर्दै विपक्षी गठबन्धनले ३१ सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेका छन् । 

प्रदेश प्रमुखको आह्वान अनुसार नेपाली काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सदस्य राजीव गुरुङसहित ३१ जना प्रदेश सभा सदस्यले काँग्रेसका कृष्ष्णचन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्रीमा प्रस्तुत गर्दै दावी प्रस्तुत गरेका हुन् । 

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो । ६० सदस्यीय गण्डकीको प्रदेशसभामा बहुमतको सरकार बनाउन ३१ सांसद चाहिन्छ । 
यसैबीच बहुमत पुर्याएर प्रदेश प्रमुखसमक्ष दावी प्रस्तुत गर्दा पनि नियुक्तिमा ढिलाइ गरिएको काँग्रेसले असन्तुष्टि पोखेको छ । 

काँग्रेस उपसभापति विमलेन्द्र निधिले बहुमत पुग्ने ३१ जना सदस्य सहित उपस्थित भएपनि नेपालीलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा तत्काल नियुक्ति नगर्नु लोकतन्त्र र निर्वाचन परम्पराको उल्लंघन भएको बताए । चुनावमा सबै मतदाताले मतदान गरिसकेपछि मतपेटिका सिल गर्न ५ बजेसम्म पर्खने चलन नभएको भन्दै उनले किन आजसम्मको म्याद पर्खिएको भन्दै प्रश्न गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्