
गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले लमजुङकी सांसद मधु अधिकारी गुरुङलाई मन्त्री बनाउने भएको छ ।
नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा सहभागी हुन माओवादीले मधुको नाम छानेको हो ।
नवनियुक्त मुख्यमन्त्री नेपालीसँगै केही मन्त्रीले आज शनिवारै शपथ लिने तयारी छ ।
मुख्यमन्त्री नेपालीले जनता समाजवादी पार्टीका हरिशरच आचार्य, स्वतन्त्र सांसद दीपक मनाङेलाई समेत मन्त्री नियुक्त गर्ने स्रोतले जनाएको छ ।
लामो रस्साकस्सीबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम शनिवार साँझ नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।