१९ असार २०८३, शुक्रबार

अलीले पीएसएलको बाँकी खेल गुमाउने

जेठ ३०, २०७८
अलीले पीएसएलको बाँकी खेल गुमाउने

 इस्लामावाद युनाईटेडका बलर हसन अलीले पाकिस्तान सुपर लिग (पीएसएल) को बाँकी खेलहरु गुमाउने भएका छन् ।

व्यक्तिगत कारण देखाएर युएईबाट पाकिस्तान फर्किएपछि अलीले बाँकी खेलहरु गुमाउने भएका हुन् ।

अलीले परिवारको कारण प्रतियोगिताको बाँकी खेल खेल्न नसक्ने बताएका छन् ।

'व्यक्तिगत कारण म पीएसएलको बाँकी खेलबाट बाहिर रहने छु । केहि कुरा क्रिकेट भन्दा महत्वपूर्ण हुन्छ ।  परिवार भन्दा महत्वपूर्ण केहि हुदैन,' उनले भनेका छन्,' मलाई साथ र सहयोग गरेकोमा इस्लामावादलाई धन्यवाद ।'

 

salt training

कमेन्ट गर्नुहोस्