×

NMB BANK
NIC ASIA

बूढीगङ्गा नदीको कटानका कारण दर्जन बस्ती जोखिममा

असार १, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुँदै गएको छ ।

Muktinath Bank

गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमीन नदीले कटान गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बडिमालिका नगरपालिका–२ को भौनेरा, ८ को रापक र सोही नगरपालिका–६ को बीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमीन कटान शुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका छन् । त्यस्तै बूढीगङ्गा गाउँपालिका–१ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमीन बूढीगङ्गा नदीले कटान गरेको छ । त्यस्तै घागरमा गत वर्ष कटान भएको खेतीयोग्य जमीन यस वर्ष वर्षात् शुरुआतसँगै पुनः नदीले कटान गर्न शुरु गरेको छ । आफ्नो १९ मुरी धान फल्ने खेत बगाएको र घर पनि पूर्णरूपमा बगाएकाले बासका लागि निकै समस्या भएको घागरका अम्मर महतले बताए । 


Advertisment
Nabil box
Kumari

यस्तै नदीका कारण बडिमालिका–६ पानीनाउलामा २५ परिवारको जग्गा नदीले पूरै कटान गरेको स्थानीयवासी धन बढुवालले बताए । “प्रत्येक वर्ष कटान गर्दै आएको थियो, यस वर्षदेखि पूर्णरूपमा खेतीयोग्य जमीन बगाएको छ”, उनले भने। त्यस्तै त्रिवेणी नगरपालिका–३ र बूढीगङ्गा–३ को खेतीयोग्य जमीन नदीले कटान गर्दै आएको बूढीगङ्गा नगरप्रमुख दीपकविक्रम शाहले बताए ।

Vianet communication
Laxmi Bank

नदीको छेउमै रहेका ताप्रीसेरा, राप्का, घागर, बार्जुगाडा, मौरलगायतका गाउँ तथा बजार उच्च जोखिममा रहेको शाहको भनाइ छ । तलबाट नदीले कटान गर्दै आएपछि बाम्काबजार जोखिममा रहेको र केही विस्थापित भइसकेको प्रमुखले बताए । त्यस्तै बूढीगङ्गाले छिमेकी जिल्ला अछाममा पनि खेतीयोग्य जमीन कटान गर्दै आएको साँफेबगर नगरपालिका–२ बस्ने कमल साउदले बताए । साँफेबगरको बुढाबगर, ठाँटी बजार, साँफेबगर र कालिमाटीमा खेतीयोग्य जमीन कटान गर्दै आएको छ ।

जग्गा कटान गर्दै आएपछि बस्तीसमेत जोखिममा परेको स्थानीयवासीले बताएका छन् । बूढीगङ्गाले अछाममा रहेको धार्मिकस्थल बैजनाथ क्षेत्रको केही भागसमेत कटान गरेको छ । मन्दिर पनि नदीको चपेटामा परेको छ । नदीको मारमा साँफे–मार्तडी सडकखण्ड पनि परेको छ । अछामको साँफेबगरबाट बाजुराको मार्तडीसम्म ५७ किलोमिटरमध्ये अधिकांश सडकखण्ड नदी किनारमै रहेका कारण नदीले कटान गर्दा महिनौँसम्म सडक अवरुद्ध हुने गरेको छ । साँफे–मार्तडी सडकखण्डको ताप्रिसेराबाट पानीनाउँलासम्म २० ठाउँभन्दा बढी क्षेत्रमा पहिरो गएको छ ।

यता वर्षा शुरु भएसँगै जिल्लाको गौैमुल, बडिमालिका, बूढीगङ्गा र त्रिवेणीका तटीय क्षेत्रका बस्तीमा जोखिम व्यवस्थापनमा कसैको ध्यान गएको देखिँदैन । बूढीगङ्गा नदीको बढ्दै गएको बहावका कारण तटीय क्षेत्रमा कटान गर्दा दर्जनौँ बस्ती बगाएको छ तर तीनै तहका सकारबाट अहिलेसम्म नदी नियन्त्रणमा कुनै पहल नभएको बडिमालिका–२ का करवीर नाथले बताए । “अघिल्लो वर्षामा घागरमा बूढीगङ्गाले सयौँ बिघा खेतीयोग्य जमीन बगायो, दर्जनभन्दा बढी घर बगायो तर एक वर्ष भइसक्दासमेत कुनै तहको सरकारले व्यवस्थापनका लागि केही पहल गरेका छैनन्”, उनले भने। 

अघिल्लो वर्ष बाढी आएको केही दिनमै सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री प्रकाश शा तथा पूर्व गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टरमा घागर पुगेर नदी नियन्त्रणका लागि घरविहीन भएकालाई घर बनाइदिने आश्वासन दिएको तर त्यो नारामै सीमित भएको अर्का स्थानीयवासी प्रकाश महतले बताए ।
 
गत साउन २५ गते गएको बाढीले एक गाउँपालिका र तीन नगरपालिकाका गरी दर्जनभन्दा बढी बस्ती जोखिममा परेका भए पनि स्थानीयवासीले सरकारबाट कुनै सहुलियत नभएको गुनासो गरेका छन् । बडिमालिका–२ र ८ जोड्ने घागरको पुलमाथिबाट नदी बग्दासमेत सम्बन्धित सरोकारवाला मौनजस्तै बनेका छन् ।

घागरका ५० भन्दा बढी परिवारलाई बिरामी भएको बेला सदरमुकामसम्म आउने कुनै विकल्प छैन । थुवाकाँधको निर्माणाधीन झुलङ्गे पुलमा लठ्ठा तान्ने कामबाहेक अरु केही भएको छैन । घागरका जनतालाई सबै तहले सौतेनी व्यवहार देखाएको स्थानीयवासी अम्मराज पण्डितले गुनासो गरे । गङ्गराज पण्डित,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x