
नाबालिकाको फेसबूक म्यासेन्टरमा अश्लील भिडियो पठाउने २ जनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ ।
पीडित बालिकाको अनुहारमा नग्न शरीर जोडेर तस्वीर र भिडियो बनाएर म्यासेन्जरमा पठाएको आरोपमा काठमाडौं महानगरपालिका–१७ डल्लु बस्ने २६ वर्षीय सानु पौडेललाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसएसपी नविन्द्र अर्यालले जानकारी दिए ।
पक्राउ परेका पौडेललाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरिएको छ ।
सामाजिक सञ्जाल फेसबूक, टिकटक, यूट्युब लगायतमा व्यक्तिको तस्वीर र भिडियो फोटोशप गरेर बिगारेर सार्वजनिक नैतिकता, घृणा, द्वेष फैलाउने, चरित्र हत्या गर्ने बाग्लुङ नगरपालिका–८ सिगाना बस्ने ५२ वर्षीय रामेन्द्र खड्कालाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको एसएसपी अर्यालले बताए ।