महन्थ ठाकुर बहुमत जुटाउने खेलमा, १७ जनालाई नियुक्ति

जनता समाजवादी पार्टी (जसपा) विभाजनउन्मुख भइरहेको बेला सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पक्षमा बहुमत देखाउन कसरत थालेका छन् । उनले कार्यकारिणी समितिमा बहुमत जुटाउन कार्यकारिणी समितिमा आफूनिकट १७ जना व्यक्तिलाई मनोनित गरेका हुन् ।

ठाकुरले आफू निकट १० र राजेन्द्र महतो निकटका ७ जनालाई समेटेर  १७ जना कार्यकारिणी समिति सदस्य थप गरेका हुन् ।


Advertisement

ठाकुरले थपेको कार्यकारिणी समिति सदस्यहरुमा विजयसिंह, सुरेन्द्र झा, विमल श्रीवास्तव, राजीव झा, उमाशंकर अरगरैया, इकबाल मिया, परमेश्वर साह, सत्रदीप यादव, सुरेश मण्डललगायत रहेको उनी निकट एक नेताले बताए ।

ठाकुर पक्षलले थप गरेको कार्यकारिणी समितिको सूचीमा ठाकुरले मात्र हस्ताक्षर गरेका छन्।  ठाकुरको कदमलाई अर्का अध्यक्ष उपेन्द्र यादवले विरोध गरेका छन् । यादवले आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै आएका छन् भने निर्वाचन आयोगले ठाकुरलाई गरेको कारबाहीलाई मान्यता नदिएपछि उनले यसबारे अब के गर्ने भन्नेबारे निर्णय लिन आफू निकटको बैठक समेत बोलाएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्