२२ जेठ २०८३, शुक्रबार

सेजलको मृत्यु प्रकरणका आरोपित पक्राउ

असार २, २०७८
सेजलको मृत्यु प्रकरणका आरोपित पक्राउ
प्रतिकात्मक तस्वीर

झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले १ आरोपीलाई नियन्त्रणमा लिएको छ ।

पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मंगलवार नियन्त्रणमा लिइएको जनाइएको छ । अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।

आरोपितलाई म्याद थपका लागि बुधवार जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् ।

इलाम देउमाई नगरपालिका–४ मंगलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बेहोस अवस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पुर्‍याउने बित्तिकै सेजलको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्