
केही दिनदेखिको अबिरल वर्षा र मंगलवारदेखि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र बगरमा परिणत भएको छ ।
बजारमा रहेका एकतले घर पुरिएको छन् भने अग्ला घरका भुइँतला लेदोले भरिएका छन् ।
नेपाली सेनाले बुधवार बिहानैदेखि उद्धार कार्य जारी राखेको छ ।
सेनाले एमाले पार्टी कार्यालय, एक रेस्टुरेन्ट र स्थानीय बस्तीका गरी ७ जनाको उद्धार गरेको छ ।
अन्य ७ जना बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
तस्वीर : आदित्य दाहाल











