कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
असार २, २०७८
बुधवार दिउँसो करीब ११ बजे मेलम्ची नगरपालिका–४ का रामकृष्ण खनालको घरभित्र बाढी पसेर क्षतविक्षत पार्दा उनी टुलुटुलु हेरेर बसिरहेका थिए ।
मेलम्चीको बाढी हिलोसहित उनको घरमा पसेर बेलाबेलामा हानिरहेको थियो, त्यो दृश्य टुलुटुलु हेरेर बस्नुबाहेक उनीसँग अर्काे विकल्प थिएन ।
मंगलवार मध्यराति १२ बजेसम्म उनको घरभन्दा १५० मिटर पर खोलामा बाढी आएको थियो तर उनको घरसम्म आएको थिएन ।
मंगलवार साँझदेखि भएको वर्षाले घरमा क्षति पु¥याउला भन्ने उनले सोचेका थिएनन् । साँझ रामकृष्णको घरका सबै सदस्य बुवाआमासँगै खाना खाएर सुतेका थिए तर राति करीब ३ बजेको समयमा नजिकैको खोलामा बाढी आएपछि उनी सुरक्षित ठाउँमा जान खोज्दै थिए, त्यति नै बेला उनको घरमा पनि बाढी पसिहाल्यो ।
८४ वर्षीया आमा र ८५ वर्षीय बुवालाई बोकेर उनले हतारहतार सुरक्षित स्थानमा सारे । त्यसपछि उनले फेरि घरमा आए वस्तुभाउलाई सुरक्षित ठाउँमा पु¥याए । त्यो बेलासम्म उनकी पत्नी र छोराछोरी सुरक्षित ठाउँमा पुगिसकेका थिए ।
उनको घरको भूइँतल्लामा भएका सबै खानेकुरा र सामानहरू बाढीमै डुब्यो, मान्छे बचाउनतिर लाग्दा उनले अन्य सामान सुरक्षित ठाउँमा राख्न पाएनन् ।
‘कामको लागि २ लाख पैसा र केही सुन थियो, झिक्न सकिनँ, परैबाट टुलुटुलु हेरेर बसिरहेको छु, अब के खाने पत्तो छैन, पैसा पनि बगायो, खानेकुरा पनि बगायो,’ खनालले मलिन मुद्रामा लोकान्तरसँग भने, ‘अहिले पनि झ्यामझ्याम बाढीले हानेको छ, मेरै मुटुमा हानेको जस्तो भएको छ सर, केही गर्न सकिन्न, हेर्ने न हो ।’
मेलम्ची बजारका वासिन्दाले बिहान ४ बजेसम्म घर छोडे । राति पानी सहितको बाढी आएपछि चिच्याएर बाहिर भाग्नुपरेको स्थानीय व्यापारी मोहन गौतमले बताए ।
मेलम्ची बजारमा ब्यापार गर्दै आएका उनले आफ्ना सामानहरू निकाल्न पाएनन् तर उनी सँगै भएका परिवारको ज्यान जोगाउन सफल भए । राति बाढीले नजिकैको पक्की पुल बगाएको प्रत्यक्ष आफ्नो आँखाले देखेको उनले बताए ।
‘राति हामी सबै बाहिर निस्केका थियौं । बत्ती थिएन, मोबाइलको टाइट बालेर चार्ज सकिएको थियो । घङ्¥याङ आवाज आयो, पक्की पुल बगाउँदै रहेछ,’ स्थानीय गौतमले लोकान्तरसँग भने, ‘त्यसपछि अर्को पुल पनि त्यसैगरी लग्यो आँखै अगाडि, झन् डराएर चिच्याउँदै मानिसहरू माथितिर भागे । पर घरमा भएका मानिसहरू चिच्याइरहेका थिए, केही गर्नसक्ने अवस्था थिएन ।’
बिहान उज्यालो भएपछि बालुवा सहितको झन् ठूलो बाढीसँगै धमिलो पानी आएको उनले बताए । हेलम्बुमा गएको पहिरोेलाई बाढीले बगाएर ल्याएर मेलम्ची बजारमा भएका अधिकांश घरहरू पुरेको छ भने बाढीमा ग्यास सिलिन्डर, फ्रिज लगायतका घरायसी सामानहरू समेत बगाएको छ ।
मंगलवार साँझदेखि परेको मुसलधारे वर्षाका कारण बजारको बसपार्क पूर्णरूपमा तहसनहस बनाएको छ । कृषि कार्यालय, मेलम्ची खानेपानी आयोजनाको भवन, निमार्णाधीन पार्क लगायतका भवनहरू पूर्णरूपमा बगाएको स्थानीयले बताएका छन् ।
बजार क्षेत्रमा रहेका मोबाइल पसल, खाजा पसल, कपडा पसलमा बाढी र बालुवा छिरेर तहसनहस गरेको छ । मेलम्ची बजारका छतमा रहेका उद्धारको पर्खाइमा रहेका ३ जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ भने बाढी पीडितको अवस्था नियाल्न प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा प्रभावित क्षेत्र पुगेका छन् ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...