०३ साउन २०८३, आइतबार

युरोकप : मिरानचुकको गोलले रुस विजयी

असार २, २०७८
युरोकप : मिरानचुकको गोलले रुस विजयी

युरोकप फुटबल अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रुसले फिनल्यान्डलाई पराजित गरेको छ । सेन्ट पिटर्सवर्ग रंगशालामा सम्पन्न खेलमा रुसले फिनल्याण्डलाई १–० ले हराएको हो ।  घरेलु टोलीबाट अलेक्सी मिरानचुकले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए ।

यससँगै समूह बीमा दुई खेलबाट तीन अंकसहित रुस दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । यसैगरी फिनल्यान्डले डेनमार्कविरुद्ध १–० को जित निकालेको थियो । समान अंक भएपनि गोल अन्तरका आधारमा फिनल्याण्ड पछि परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्