२१ जेठ २०८३, बिहीबार

आपसी झगडा हुुँदा घाँटीमा बाँधेर साथीको हत्या

असार ३, २०७८
आपसी झगडा हुुँदा घाँटीमा बाँधेर साथीको हत्या
प्रतिकात्मक तस्वीर

झापाको मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिङ्देनको मंगलवार राति हत्या भएको छ ।

हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए । 

स्थानीय इँटाभट्टा छेउमा क्र्याक ब्यान्डेजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्