२१ जेठ २०८३, बिहीबार

बिहान उठेर तुलसीपानी पिउने गर्नुस्

असार ३, २०७८
बिहान उठेर तुलसीपानी पिउने गर्नुस्

बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउँदा स्वास्थ्य राम्रो हुन्छ । तर मनतातो पानीमा तुलसीको पात राखेमा थप फाइदा हुन्छ । 

अपच वा ग्यास्ट्रिकको समस्या भएमा तुलसीको पात राखेको पानी पिउन सक्नुहुन्छ । 

पत्रु खाना र प्रदूषणका कारण श्वासप्रश्वास प्रणालीमा समस्या देखिने गरेका छन् । सासको समस्या भएकाहरूले तुलसीको पातलाई पानीमा राखी तताएर पिउनुपर्छ । तुलसीको पातमा भएको इम्युनोमोड्युलेटोरी प्रोपर्टीले श्वासप्रश्वास प्रणालीलाई फाइदा गर्छ । 

आधुनिक जीवनशैलीका कारण सबैजना तनाव र स्ट्रेस लिइरहेका हुन्छन् । यसले पछिपछि गएर गम्भीर रोग समेत निम्त्याउँछ । यस्तो अवस्थामा तुलसीको पातलाई तातोपानीमा राखेर पिउँदा राहत पाइन्छ । 

तुलसीको पातमा भएको कार्टिसोलले हर्मोनलाई सन्तुलनमा राख्ने काम गर्छ । डिप्रेसन र एंग्जायटीको समस्याबाट पनि तुलसीको पातले मुक्ति दिन्छ । 

तौल बढेर समस्या भएका मानिसलाई पनि तुलसीको पातले राहत दिन्छ । यसले पाचन प्रणाली बलियो बनाउँछ र छिटो भोजन पचाउन सहायता गर्छ । भोजन पचेमा तौल सजिलै घट्न थाल्छ । 

तुलसीको पातले रगतमा चिनीको मात्रामा पनि सन्तुलनमा राख्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्