२१ असार २०८३, आइतबार

महोत्तरीमा एकाबिहानै भीषण बर्षा, बाढीले सडक अवरुद्ध

कात्तिक २०, २०७४
महोत्तरीमा एकाबिहानै भीषण बर्षा, बाढीले सडक अवरुद्ध

गौशाला, २२ जेठ– महोत्तरी जिल्लामा आज एकाबिहानै परेको भीषण वर्षाका कारण जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध भएको छ ।

बिहान ५ बजेदेखि नै परेको भीषण वर्षाका कारण जिल्लाको जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिट्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायतका बाटो पनि अवरुद्ध भएको छ ।

जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले ती खाल्डाखुल्डीमा पानी जमेर यातायातका साधन चलाउन नसकिने भएको छ ।

त्यस्तै बाटोमा माटाका थुप्रा यत्रतत्र रहेकाले पानी परेपछि सबैतिर हिलैहिलो भएर यातायातका साधन फस्ने र दुर्घटना हुने डर भएकाले बाटा अवरुद्ध भएका छन् ।

भीषण वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटोमा बस, जिप, ट्र्याक्कर, ट्रक, टेम्पु, अटोरिक्सा र मोटरसाइकल समेत चलाउने अवस्था नभएपछि जिल्लाका सबै बाटो अवरुद्ध भएको हो ।

तर जिल्लाभित्रका एकमात्र जलेश्वर–बर्दिवास पक्की बाटो भएकाले सो बाटो अवरुद्ध नभएको र अन्य बाटो अवरुद्ध भएपछि यस बाटोमा यातायातका साधनको चाप बढेको छ ।

कमेन्ट गर्नुहोस्