२१ जेठ २०८३, बिहीबार

सालको अवैध काठ ओसारेको आरोपमा ४ जना पक्राउ

असार ४, २०७८
सालको अवैध काठ ओसारेको आरोपमा ४ जना पक्राउ
प्रतिकात्मक तस्वीर

अवैध रूपमा सालको काठ ओसारेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरी काठ समेत बरामद गरेको छ । 

पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका–२ का २१ वर्षीय महेश पुन, सोही ठाउँका २८ वर्षीय वसन्त क्षेत्री, २२ वर्षीय विनोद पुन र २८ वर्षीय सुशिल घर्तीमगर रहेका छन् । 

दाङको गढवा गाउँपालिका–५ कक्रहवाबाट अवैध रूपमा सालको काठ चोरी निकासी भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीवार राति कोइलाबासदेखि गढवातर्फ अवैधरूपमा सालको काठ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जनाएको छ । 

उनका अनुसार भे१च १८२१ नम्बरको बोलेरो पिकअप गाडीमा २६ थान (४५.४९ क्युफिट) काठसहित उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले बरामद काठसहित चारै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी पठाएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्