
युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरु हुँदैछन् ।
युरोकपको समूह चरण अन्तर्गत आज समूह 'बी' र समूह 'सी' को समान दुई दुई खेल हुनेछन् ।
समूह 'सी' मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । यी दुई टिमबीचको खेल राति ९:४५ बजे शुरू हुनेछ ।
यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल ९:४५ बजे शुरू हुनेछ ।
समूह 'बी' मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२:४५ बजे शुरू हुनेछ ।
बेल्जियम यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।
यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे शुरू हुनेछ ।