३० असार २०८३, मंगलबार
एमाले विबादबारे माधव नेपालको प्रतिक्रिया

ओली एकता भंग गर्ने दिशामा अघि बढेको माधव नेपालको निष्कर्ष

ओली एकता भंग गर्ने दिशामा अघि बढेको माधव नेपालको निष्कर्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकता भंग गर्ने दिशामा अघि बढेको निष्कर्ष माधव नेपाल पक्षले निकालेको छ ।  पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि अध्यक्ष ओली फेरि भ्याकेटमा जाने निर्णयबाट शंका उब्जिएको नेता नेपालको भनाइ छ ।

‘कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ’, नेता नेपालले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘स्थायी समितिका नेतामाथि कथित कारबाही,  फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो ।’
उनले  जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखिएको आरोप लगाएका छन् ।

नेता नेपालले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ भन्ने  सहजै देख्न सकिने पनि बताएका छन् । असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्