
२५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन भोलिदेखि चल्न पाउने भएका छन् ।
ठूला बसहरूलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर भोलिदेखि जोरबिजोरको आधारमा चल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले लोकान्तरलाई जानकारी दिए ।
'२५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन भोलिदेखि जोरबिजोरका आधारमा स्वास्थ्य मापदण्ड अपनाएर चल्न दिने निर्णय भएको छ,' पराजुलीले भने ।
काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरूको सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
साथै बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले जानकारी दिए ।
यसअघि थपिएको निषेधाज्ञा आज रातिदेखि सकिँदै थियो ।
कोरोना संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो ।
संक्रमण दर घट्दै गएपछि निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको हो ।