२६ जेठ २०८३, मंगलबार

सभापतिमा समर्थन खोज्दै विमलेन्द्र निधि रामचन्द्रको निवासमा

सभापतिमा समर्थन खोज्दै विमलेन्द्र निधि रामचन्द्रको निवासमा

आसन्न महाधिवेशनमा सभापतिमा उठ्ने बताउँदै आएका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । निधिले बुधवार कांग्रेस बरिष्ठ नेता पौडेलसँग बोहोराटारस्थित निवासमा पुगेर महाधिवेशनको विषयमा छलफल गरेका हुन् । 

पौडेललाई भेटेर निधिले आफू सभापतिमा उठ्न लागेको भन्दै सहयोग माग गरेका हुन् । सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा उठ्ने घोषणा गरेका निधिले पछिल्लो दिनमा नेताहरूसँगको भेटवार्ता तीब्र बनाएका छन् । 

पौडेलले भने क्रियाशील सदस्य र समायोजनको विषय टुंगाउन सुझाव दिएको पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीले लोकान्तरलाई जानकारी दिए ।  ‘उपसभापतिको नाताले पहिला क्रियाशील सदस्यता सम्बन्धी बिवाद र समायोजनको मुद्दा टुंगाउन आग्रह गर्दै त्यसपछि नेतृत्वको कुरा गरौंला’ पौडेलले निधिसँग भनेका थिए । 

कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्