
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ । एक साताअघि मस्तिष्काघात भई ओम अस्पतालमा उपचाररत काइँलाको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको हो ।
शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न नसकेको अवस्थाबाट काइँलाको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आई सामान्यतः शरीर र हात चल्न थालेको तथा बोली पनि प्रस्ट निस्कन थालेको सदस्यसचिव प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिए ।