२३ जेठ २०८३, शनिबार

‘माधव नेपालले तपाईंको फोन उठाउने मनै थिएन, साथीहरूले कर गरेर उठाएँ भन्नुभयो’

‘माधव नेपालले तपाईंको फोन उठाउने मनै थिएन, साथीहरूले कर गरेर उठाएँ भन्नुभयो’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सहभागिताका लागि माधव नेपाललाई फोन गरेपनि उनले रेस्पोन्स नगरेको गुनासो गरेका छन् ।

शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई बैठकमा ल्याउन आफूले प्रयास गरेपनि उपस्थित नभएको बताएका हुन् । 

‘मैले माधव कमरेडलाई हिजो साँझ फोन गरेर छलफलमा आउनुस् भनें, उहाँले मान्नुभएन,’ ओलीले भने, ‘जवाफमा नेपालले तपाईंको फोन उठाउनै मन थिएन, साथीहरूले कर गरेर मात्र उठाएको हो भन्नुभयो ।’

उपाध्यक्ष वामदेव गौतमले सम्बोधन गरेपछि पुनः बोलेका ओलीले पार्टी एकताका लागि आफूले कुनै कसर बाँकी नराखेको उल्लेख गरे । 

‘आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिनैपर्छ,’ ओलीले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्