२२ जेठ २०८३, शुक्रबार

मध्यावधि निर्वाचन गर्न ७ अर्ब ७२ करोड खर्च दिने अर्थ मन्त्रालयको सहमति

असार १८, २०७८
मध्यावधि निर्वाचन गर्न ७ अर्ब ७२ करोड खर्च दिने अर्थ मन्त्रालयको सहमति

सरकारले प्रतिनिधिसभा मध्यावधि निर्वाचनका लागि ७ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको बजेट उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनका लागि रकम निर्वाचन सामग्रीलगायत अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

आगामी कात्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणमा मध्यावधि निर्वाचनको घोषणा गरिएको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले सहमति दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्