२१ असार २०८३, आइतबार

सानेपामा मृत अवस्थामा एक पुरुषको शब फेला

सानेपामा मृत अवस्थामा एक पुरुषको शब फेला

ललितपुरको सानेपामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । 

सानेपाको गुसिटोलमा रहेको राममन्दिर नजिकै एक पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेको  ललितपुर प्रहरी प्रमुख किरण बर्जाचार्यले लोकान्तरलाई जानकारी दिइन् । 

उनका अनुसार पुरुष घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए । 

घटनास्थलमा कुकुर परिचालन गरिएको उनले जानकारी दिइन् । 

उनले घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताएकी छन् ।  
 

कमेन्ट गर्नुहोस्